म मानवको स्वाभाविक मनोभाव, सोच, व्यवहार तथा सामाजिक सम्बन्धका विभिन्न पक्षहरूबारे अनुसन्धान गर्ने प्रयास गरिरहेको छु। जीवनका विभिन्न चरणमा मेरो मनमा उत्पन्न भएका प्रश्नहरू, जिज्ञासा तथा अनुभवहरूलाई आधार बनाउँदै म ती प्रश्नहरूको उत्तर आफ्नै अवलोकन, अध्ययन तथा अनुसन्धानको माध्यमबाट खोज्दै आएको छु।
२०२१ देखि विभिन्न सामाजिक सञ्जालका गतिविधि तथा मानिसहरूसँगको व्यक्तिगत र सामाजिक सम्बन्धलाई निरन्तर रूपमा अवलोकन गर्दै आएको छु। यस क्रममा मानिसहरूले विभिन्न परिस्थिति, सम्बन्ध, विचार तथा सामाजिक वातावरणमा कसरी सोच्ने, महसुस गर्ने र प्रतिक्रिया दिने गर्छन् भन्ने विषयलाई बुझ्ने प्रयास गरेको छु।
मेरो अनुसन्धानको मुख्य उद्देश्य मानव व्यवहारलाई केवल बाह्य क्रियाकलापका आधारमा नभई त्यसको पछाडि रहेका स्वाभाविक मनोभाव, सोच, आवश्यकता, डर, इच्छा, अपेक्षा तथा सामाजिक प्रभावसँग जोडेर बुझ्नु हो। जीवनमा मैले आफैंले उठाएका प्रश्नहरूलाई अनुसन्धानका आधारभूत विषय बनाएर तिनका सम्भावित उत्तरहरू खोज्ने मेरो प्रयास निरन्तर जारी छ।
यस अनुसन्धानलाई निरन्तरता दिन, विस्तृत दायरामा लैजान र यसका निष्कर्षहरूलाई प्रकाशन गर्न केही आर्थिक संसाधनको आवश्यकता पर्दछ। यदि तपाईँ मेरो यस अनुसन्धान यात्रामा आर्थिक सहयोग गरेर योगदान पुर्याउन चाहनुहुन्छ भने, तपाईँको सानो भन्दा सानो सहयोग पनि मेरो लागि अत्यन्तै अमूल्य हुनेछ



